नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश पनि इच्छुक

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश पनि इच्छुक

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, साउन २५।
नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले पनि लगानी गर्ने भएको छ । चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानीका लािग तयार भएको हो ।

हालसम्म बंगलादेशबाट जलविद्युत् क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । जलविद्युत् क्षत्रेमा सहकार्य गर्न सहयोग आदान द्विपक्षीय ‘इनर्जी को(अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा आज हस्ताक्षर हुँदैछ ।

समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आइसक्नु भएको छ । आजै दुई देशबीच मन्त्रीस्तरीय वार्ता समेत हुने बताइएको छ । वार्ताको नेपाली टोलीको नेतृत्व उर्जामन्त्री वर्षमान पुनले गनु हुनेछ ।

बंगलादेशले जनार्दन शर्मा ऊर्जामन्त्री भएकै समयमा नै नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको थियो । नेपाल र बंलादेशबीच जलविद्युतमा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन ।

नेपालमा उत्पादित बिजुली बंगलादेशले किन्ने, जलविद्युतमा बंगलादेशी लगानी भित्र्याउने, पावर ट्रेडिङ गर्ने, नवीकरणयीय ऊर्जाको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, ऊर्जाका क्षत्रेमा तालिम लगायतका क्षमता अभभिवृद्धिका लागि संयुक्त प्रयास गर्ने लगायतका विषय एमओयूमा हुनेछन् ।

समझदारीपछि दुईदेशका ऊर्जा सचिव स्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तीय ज्वाइन्ट वर्किङ ग्रुप लगायतका संयन्त्रहरु बनाइनेछ । जसमार्फत आफ्ना ऊर्जासम्बन्धी हित र सरोकारका विषय दुईदेशबीच छलफल हुनेछ ।

भारतसँग पनि ऊर्जा सहयोग आदान–प्रदानका लागि यस्तै संयन्त्र मार्फत काम भइरहेको छ । अहिले ठूला आयोजनामा चीन र भारतबीच लगानीको प्रतस्पिर्धा छ । तर, समयमै निर्माण नगर्ने परिपाटी रहेकाले बंगलादेशको प्रवेशले आयोजना ओगटेर राख्ने प्रवृत्ति निरुत्साहित गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

बंगलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा हजारौं मेगावाट विद्युत् उत्पादन गरेको अनुभव छ । प्रसारण लाइनका विषयमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा सरकार विश्वस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ