काठमाडौं, साउन २५ ।
स्थानीय विकास निर्माण, समस्या र समसामयिक राजनीति परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ५ का सांसदहरुसंग छलफल गर्दै हुनुहुन्छ । छलफल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।
हरेक शुक्रबार विभिन्न प्रदेशका सांसदहरुसंग छलफल गर्ने कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले आज प्रदेश ५ का सांसदहरुसंग छलफल गर्न लाग्नुभएको हो ।
आजको छलफल स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका विषयमा केन्द्रित रहने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै सरकारको काम कारबाहि तथा संसदिय गतिबिधिमा सांसदहरुको भुमिका लगायतका बिषयमा पनि प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देश गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले यसअघि प्रदेश २, ३ र गण्डकी प्रदेशबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसक्नुभएको छ ।