नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे चाैतर्फी विराेध, कट्टेल नेतृत्वको नेकपा र माअाेवादी केन्द्रले निकाल्याे कडा विज्ञप्ती

नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे चाैतर्फी विराेध, कट्टेल नेतृत्वको नेकपा र माअाेवादी केन्द्रले निकाल्याे कडा विज्ञप्ती

  • बिहिबार, साउन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडाैं, २४ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे चाैतर्फी विराेध र भण्डाफाेर भएकाे छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार सरकारले जनविरोध कार्य गरेको बताएको छ ।

पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुसिल’ ले विहीबार विज्ञप्ति जारी गरेर प्रबक्ता प्रकाण्डको गिरफ्तारीले सरकारको परिवर्तन विरोधी चरित्र उदाङ्गिएको बताए ।

“देश, जनता र वर्गको निम्ति गरिएको राजनीतिक आन्दोलन र उक्त आन्दोलनमा समाहित नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिनुले केपी ओली सरकारको जनविरोध। परिवर्तन विरोध चरित्र उदाङ्गिएको छ । नेकपाको पार्टी प्रबक्ता कमरेड प्रकाण्डलगायत अन्य दुई जनालाई गरिएको गैरकानुनी गिरफ्तारीलाई हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा भनिएको छ । देशमा भ्रष्टाचार, बलात्कार, अपहरण, सीमा अतिक्रमण जस्ता समस्याले देश आक्रान्त पारेको बताउँदै त्यसको समाधान गर्नुको साटो राजनीतिक आन्दोलनमा लागि रहेका नेताहरुलाई गिरफ्तार गरिरहेको भन्दै शुसिलले सरकारको विरोध गरेका छन् ।

महासचिव शुसिलले प्रबक्ता प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।

यस्तै ,  ऋषिराम कट्टेल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पनि प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे विराेध गरेकाे छ ।

साे पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेकपाका प्रवक्ता प्रकाण्डलागायत नेताहरुको गिरफ्तारीको निन्दा तथा विरोध गरेका छन् । अध्यक्ष कट्टेलले बुधबार प्रेस वक्तव्य जारी गदै प्रवक्ता प्रकाण्डसहित सबै गिरफ्तारीमा परेका नेताकार्यकर्ताको बिनाशर्त रिहाइको जोडदार माग गरेका हुन् ।

कट्टेलले विप्लवलगायतका नेता–कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र शान्तिपूर्ण कार्यक्रमहरुमाथि प्रहरी हस्तक्षेप गर्ने जस्ता कुकार्य रोक्न समेत सरकारलार्इ आग्रह गरेका छन् । आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनतालगायत सबै न्यायप्रेमी जन समुदायलाई अध्यक्ष कट्टेलले अपिल गरेका छन् ।

अध्यक्ष कट्टेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पार्टीका प्रवक्ता क. प्रकाण्ड (खडग बाहादुर विस्वकर्मा) लाई फासिस्ट ओली सरकारले गिरफ्तार गरी अमानवीय यातना साथ राखेको कुरा सार्वजनिक भएको छ । प्रकाण्ड मात्र हैन यो पार्टीका थुप्रै नेता–कार्यकर्ताहरु दलाल सरकारको जेलमा रहेका छन् वा अनेकन झुटटा मुद्दा खेपिरहेका छन् । ओली सरकारको यस्तो कुकृत्यको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र विरोध गर्दछ र प्रकाण्डलगायत सबै गिरफ्तार कमरेडहरुलाई बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछ । साथै, विप्लवलगायतका नेता–कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र त्यसपार्टीले गर्ने शान्तिपूर्ण कार्यक्रमहरुमाथि समेत हस्तक्षेप गर्ने कुकार्य समेत रोक्न नेकपा आग्रह गर्दछ । जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ र आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सबै न्यायप्रेमी जन समुदाय लाई अपील गर्दछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ