बैद्यले भने, ‘प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद’

बैद्यले भने, ‘प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद’

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २३ साउन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको बताएका छन् । वैद्यले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।
उनले गिरफ्तार गरिएका प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग समेत गरेका छन ।
यस बिषयमा महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ” नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ