मानवअधिकार उल्लंघन गर्दै प्रवक्ता प्रकाण्डसहितलाई चरम यातना

मानवअधिकार उल्लंघन गर्दै प्रवक्ता प्रकाण्डसहितलाई चरम यातना

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

२३ साउन

काठमाडाैं । मंगलबार साँझ गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितलाई रातभर चरम यातना दिएका छन् ।

आफूहरुलाई सीआईबीबाट खटिएका बताउने टोलीले हिजो साँझ दक्षिणकाली जाने बाटाेमा पर्ने चोभार नजिकबाट प्रवक्ता प्रकाण्ड, स्टाफ विमर्श र मिनबहादुर श्रेष्ठलाई आँखामा कालो पट्टी बाँधेर रातभर मानसिक र शारीरिक यातना दिएको स्रोतले बतायो ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रकाण्डलाई मानसिक यातना ज्यादा दिएको र रातभर शहरका विभन्न स्थान पुर्याएर ज्यानको धम्की समेत दिइएको थियो ।

यातनाकै कारण विमर्श बोल्न समेत मुश्किल परेको छ भने बिरामी रहेका श्रेष्ठको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । रातभर पानी समेत दिइएन । उनीहरुलाई गिरफ्तारदेखि बुधबार बिहान ११ बजेतिर चाऊचाऊ मात्र खान दिइएको थियो । तिनै जनालाई स्वाथ्योपचारका लागि वीर अस्पताल पुर्याएका छन् । तीनै जनतालाई म्याद थपकालागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

मानवअधिकार सवालमा जोकसैलाई नियन्त्रणमा लिइसकेपछि कुटपिट गर्नु मानवअधिकारको घोर उल्लंघन मानिन्छ । ओली सरकारले गिरफ्तार गरिसकेका राजनीतिक नेता–कार्यकर्तालाई पानी समेत नदिई चरम कुटपिट गर्ने र बेपत्ता बनाउने हर्कत गरेर मानव अधिकरको चरम उल्लंघन गरेको छ ।

यसअघि साउन १० गते काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरिएका नेकपाकै पोलिटब्यूरो सदस्यद्वय मोहन कार्की र कृष्ण धमलालाई दुई दिनसम्म आँखामा कालो पट्टी बाँधेर शहर घुमाएको र शारीरिक यातना दिइएको थियो । यातनाबाट धमलाको मुखमा गम्भीर चोट लागेको छ । दुवैलाई अहिले धुलिखेल प्रहरी हिरासतमा राखेका छन् । कानूनतः जोकोहीलाई नियन्त्रणमा लिइसकेपछि ऊमाथि लागेको अभियोग सहित सुरक्षित रुपमा अदालतमा उपस्थित गराउनुपर्छ । बेपत्ता पार्न पाइँदैन । यातना दिन पाइँदैन । यस घटनामा सरकारले मानवधिकारको घाेर उल्लंघन गरेको छ ।

स्मरण होस्, नेकपा देशमा बढिरहेको चरम महंगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध विगत चार वर्षदेखि निरन्तर संघर्ष गर्दै आइरहेको राजनीतिक पार्टी हो । उसले वर्तमान राज्य सत्ता दलाल पूँजीवाद, साम्राज्यवाद र घरेलु दलालहरुद्वारा निर्देशित सत्ता भएको बताउँदै त्यसलाई भत्काउनुको विकल्प नरहेको बताउँदै आएको छ । नेकपा यी दलाल संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोषसहित एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेको पार्टी हो । जनताको पक्षमा काम गर्दै आइरहेको राजनीतिक शक्ति हो ।

उसले राष्ट्रघाती, भ्रष्ट्रचारी, कालाबजारिया, माफिया र नैतिक पतन भएकाहरुलाई सचेतनस्वरुप नेकपाले एकीकृत जनजागरण अभियान निरन्तर चलाइरहेको छ । जसले गर्दा नेकपाप्रति जनताको समर्थन ह्वात्तै बढेको छ । नागरिकमा खुशी प्रवाह भएको छ । प्रकाण्डसहित गिरफ्तार सबै तहका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्न चौतर्फी दबाब बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ