व्यापार तथा सन्धि पुनरावलोकन बैठकमा सहभागी हुन नेपाली प्राविधिक वार्ता टोलीे आज भारत जाँदै

व्यापार तथा सन्धि पुनरावलोकन बैठकमा सहभागी हुन नेपाली प्राविधिक वार्ता टोलीे आज भारत जाँदै

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, साउन २३ ।
नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठकमा सहभागी हुन नेपाली टोली आज भारत जाँदैछ । भोली देखि भारतको दिल्लीमा सुरु हुने उक्त बैठकमा सहभागी हुन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशङ्कर सैँजुको नेतृत्वको ८ सदस्यीय नेपाली टोली आज त्यस तर्फ जान लागको हो ।

पारवहन सन्धि पुरानो भएकाले पुनरवलोकन गरी दुईपक्षीय व्यापार प्रवद्र्धनका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैंजूका अनुसार बैठक नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनलाई अन्तिम रूप दिने विषयमा केन्द्रित रहनेछ ।

सन् १९७८ मा भएको नेपाल–भारत व्यापार तथा पारवहन सन्धि यसअघि सन् २०१६ मा नवीकरण भएको थियो । त्यसअघि २००९ मा संशोधन भएको सन्धि दुवै मुलुकको सहमतिको आधारमा संशोधन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

पछिल्लोपटक सन् २०१६ देखि यो विषयमा बैठक र छलफल भएको छैन । लामो समयदेखि सन्धि पुनरवलोकन हुन नसकेकाले समय सापेक्ष बनाउन नेपाली टोली आवश्यक तयारी गरेर बैठकमा सहभागी हुन लागेको हो ।

गत वैशाखमा काठमाडौंमा सम्पन्न नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा पनि भारतीय पक्षले आवश्यक तयारी गरी सन्धि पुनरवलोकन गर्न सहमति जनाएको थियो ।

भारतीय लगानी भित्र्याउन दुवै मुलुकका व्यावसायिक घरानाको प्रतिनिधित्व हुने गरी ‘ज्वाइन्ट बिजिनेस फोरम’ निर्माण गर्ने विषयमा यसअघि आईजीसी बैठकमा सैद्धान्तिक सहमति भए पनि सम्झौता हुन बाँकी रहेकाले यो विषय पनि एजेन्डामा परेको छ ।

हालसम्म नेपालले भारत हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनम बन्दरगाह मात्रै सदुपयोग गर्न पाएको छ। बैठकमा नेपालले यी दुई वन्दरगाहबाहेक थप दुई वन्दरगाह प्रयोग गर्न पाउनुपर्ने विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाल–भारत–बंगलादेश त्रिदेशीय साझेदारीको विषयलाई पनि प्रमुखताका साथ छलफल गरिनेछ । कृषिजन्य वस्तु अदुवा, अलैंची, जुटलगायत नेपाली कृषि उपजको निकासीमा बर्से्नि आउने समस्या दीर्घकालीन समाधान गर्न पनि छलफल गरिनेछ ।

नेपाली वस्तु निर्यातमा लगाइएका गैरभन्सार अवरोध र नेपालसँग जोडिएका रेल पूर्ण रूपमा डिजेल र कोइलामा आधारित भएकाले नेपालले विद्युतीय रेलमार्ग विस्तारका विषय पनि बैठकमा उठाउन लागेको छ । बैठकमा नेपाल–भारत–बंगलादेश त्रिदेशीय साझेदारीको विषयलाई पनि प्रमुखताका साथ छलफल गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ