आज एकैदिन १० वटै समितिको बैठक बस्दै

आज एकैदिन १० वटै समितिको बैठक बस्दै

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २१ साउन ।
संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै १० बिषयगत समितिको बैठक आजका लागि बोलाईएको छ । सरकारले बिजनेश नदिएपछि दुवै सदनका बैठक पछिल्लो समय प्रभावित हुँदै आएका छन् ।

प्रतिनिधिसभाको दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा बिभिन्न तीन वटा विधेयकहरु दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत कार्यसूची छ ।

बैठकले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक राज्य व्यवस्था समितिमा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शिक्षा तथा स्वास्थ्य समितिमा तथा लेखापरीक्षण विधेयक र बीमा विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाउने छ ।

प्रतिनिधिसभाले गत बिहीवारको बैठकबाट १० वटै समितिमा रहने सदस्यहरुको नाम अनुमोदन गरेको थियो । आजको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय सुनुवाइ समितिको औचित्यमाथि सदनमा आवाज उठाउने तयारी गरेको छ ।

बैठक बहिस्कार गर्दा समेत समितिले बहुमतका आधारमा प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै कांग्रेस रुष्ट छ ।

बिजनेश नभएपछि गत बिहीवार बिषयगत समित गठन गर्दै आजसम्मका लागि स्थगित राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

गत बिहीवार मात्र ५ मिनेट बसेको राष्ट्रिय सभाको बैठकले चार वटा बिषयगत समितिमा रहने सदस्यहरुको नाम अनुमोदन गरेको थियो ।

आजको बैठकले प्रशासकीय अदालत गठन सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाउने सम्भावित कार्यसूची छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ