यौन जन्य गतिबिधि बृद्धि भएकाे गुनासाेपछि बालाजुमा प्रहरीकाे स्वीप अपरेशन, १३४ जना प्रकाउ

यौन जन्य गतिबिधि बृद्धि भएकाे गुनासाेपछि बालाजुमा प्रहरीकाे स्वीप अपरेशन, १३४ जना प्रकाउ

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौ, २० साउन । होटलहरुमा यौन जन्य गतिबिधिहरुको बृद्धि भएको जनगुनासो बढेपछि महानगरिय प्रहरी बृत बालाजुले अाइतवार बिशेष स्वीप अपरेशन चलायाे । साे क्रममा बिभिन्न अपराधिक कृयाकलापमा संग्लङ्ग १३४ जनालाई प्रकाउ गरि नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज गरेको स्वीप अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको बिभिन्न होटलमा छापा हान्दा २३ जना महिलाहरु पक्राउ परेका प्रहरी बृत बालाजुले जनाएको छ ।

बिषेश गरि सो स्थानका होटलहरुमा यौन जन्य गतिबिधिहरुको बृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डि.एस.पि चिरिञ्जीवी कोइरालाले जानकारी दिए ।

उतm होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरीक सुरागीका आधारमा केही जोडीहरु भाग्न सफल समेत भएका छन ।
प्रहरीले आज अनमोल रिसोट , निगालो होटल लगायतका ठाउँहरुमा छापा मारेको हो ।

प्रहरी बृत बालाजुको आजैको स्वीच अपरेशनबाट लाखौ लाख रुपैयाको तास खेल्ने जुवाडेहरुसमेत पत्राउ गरेको छ । जुवाडेको खालबाट तास लगायत ठुलो रकम समेत नियन्त्रण गरिएको डि.एस.पि कोइरालाले बताए ।

तास संगै प्रहरीले बनस्थली , माछापोखरी , गंगा हल श्रेत्रबाट क्यारेमबोड , पोट , स्नुकरमा ठुलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिइ करिब १३४ जनालाई कारवाई प्रक्रीया अगाडी बढाएको बालाजु प्रहरी बृतले बताएको छ ।

आफु केही साता मात्र सरुवा भएर आएको र सो श्रेत्रमा अपराध नियन्त्रण गरि नागरीकको सुरक्षाका लागी कुनै पनि सम्झैता नगर्ने बृतका प्रमुख डिएसपी कोइरालाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ