काठमाडौं १९ साउन ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश जोशी बारे गरेको निर्णय राजनीतिक पूर्वाग्रहपुर्ण रहेको आरोप लगाएको छ ।
आज बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले सुनुवाई समितीको निर्णयलाई स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण भएको पनि बताएको छ ।
सरकारले न्यायालयलाई लाचार छायाँ बनाएको निष्कर्ष निकालेको काग्रेसले प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएको नैतिक जिम्मेवारी संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने तर्क गरेको छ ।
साथै जोशीका शैक्षिण प्रमाणपत्र शंकास्पद रहेको र जन्ममिति फरक भएको भए न्याय परिषद्ले संवैधानिक परिषद्लाई किन गुमराहमा राख्यो ? भन्ने प्रश्न पनि उसले गरेको छ ।
सत्तारुढ दल नेकपाको बहुमत रहेको सुनुवाई समितिले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको र उक्त विषयलाई संसदमा प्रभावकारी रुपमा उठाउने कांग्रेसले बताएको छ । संसदीय सुनुवाइ समितिमा गरिएको निर्णयले राज्यका सबै अंगलाई सरकारले सत्ताको मातहतमा राख्न खोजेको देखिएको काग्रेसको निचोड छ ।