नेपालीले अत्याधुनिक फेसन लगाउन र खान जाने तर उत्पादन गर्न जानेन्, त्यसैले ब्यापार घाटा बढ्यो: प्रधानमन्त्रीे

नेपालीले अत्याधुनिक फेसन लगाउन र खान जाने तर उत्पादन गर्न जानेन्, त्यसैले ब्यापार घाटा बढ्यो: प्रधानमन्त्रीे

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ै नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताउनु भएको छ ।

मोरङका उद्योगी व्यवसायीहरुसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच व्यापारमा देखिएका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत पठाउने लागिएको जानकारी दिनुभयो ।

नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसबारे कुरा गर्ने पनि उहाँले बताउनु भयो ।

‘विमस्टेकमा आएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि व्यापार समस्या समधानका लागि हामी कुरा गर्ने प्रधानमन्त्री ओलीको भनँई थियो ।

उहाँले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताउनु भयो ।नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन लगाउन र खान जानेका नेपालीले त्यसको उत्पादनका बारेमा कहिलै सोचेनन् ।

उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नुपर्नेमा जोड दिदै उहाँले यसका लागि उद्यमी व्यवसायीले योजना ल्याए सरकारको साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

उद्योगको स्थापना र सञ्चालनका लागि सहुलियत दिन तयार रहेको भन्दै उहाँले त्यसमा सरकारले कञ्जुस्याईं नगर्ने आश्वासन दिनुभयो ।

छलफलमा सहभागी व्यावसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस बिषयमा आफूले थप जानकारी लिने र कहि दोहोरो करको व्यवस्था भए हटाइने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ