जोशी अस्वीकृत भएपछि न्यायलयमा अन्योल, राजिनामा नदिए महाअभियोग लगाउने संकेत

जोशी अस्वीकृत भएपछि न्यायलयमा अन्योल, राजिनामा नदिए महाअभियोग लगाउने संकेत

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं श्रावण १९, ।
प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएसँगै न्यायलयमा अन्योल बढेको छ ।

जोशी अस्वीकृत भएपछि कायममुकायमकै हैसियतमा कायम रहने वा राजीनामा दिने भन्ने विषयमा कानुनी जटिलता देखिएको हो । जोशीले भने संसदीय सुनवाई समितिले प्रधानन्यायधिसमा अस्वीकृत गरेपनि राजजिनामा नदिने र आफैले पेशी तोक्ने बताईसक्नुभएको छ ।

तर उहाँको पक्ष विपक्षमा प्रतिकृयाहरुलाई आईरहदा न्यायलयमा अन्ल्योलता थपिदै गएको छ । संविधानको धारा १ सय २९ को उपधारा ६ मा पनि प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्नेछन् भन्ने व्यवस्था छ ।

संविधानविद चन्द्रकान्त ज्ञवालीलेसंसदीय सुनुवाई समितिले समेत जोशीलाई प्रधानन्यायाधीशका लागि मात्रै अस्वीकार गरेकाले वरिष्ठतम न्यायाधीशको हैसियतमा कायम मुकायम भएर काम गर्न नरोकेको बताउनुभयो ।

संसदीय सुनुवाई समितिको नियमावली र कार्य्विधीमा उल्लेख भएपनि प्रधानन्यायाधीशको सुनुवाई सम्वन्धी स्पष्ट ऐनमा उल्लेख हुन नसक्दा समस्या भएको ज्ञवालीले बताउनुभयो ।

उहाँले दलहरुले जोशीलाई हटाउने काम गरे पनि व्यवस्थापन कार्यमा चुकेको बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीशहरुले भने संसदीय सुनुवाई समितिबाट अस्विकार भईसकेपछि जोशीलाई कायम मुकायमकै हैसियतमा पनि पेशी तोक्न कानूनी वाधा हुने भन्दै राजिनामा दिनुपर्ने बताएका छन् । कायम मुकयमकै हैसियतमा काम गरिरहे जोशीलाई महाअभियोग लगाउने सत्तारुढ नेकपाले संकेत गरेको छ ।

नेकपा नेता एवं संसदीय सुनुवाई समितिका सदस्य सुरेन्द्र पाण्डेले संसदीय समितिबाट अस्वीकृत भएपछि राजिनामा दिएर सहज बाटो बनाईदिन जोशीलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ