ईटरीमा प्रहरीको ज्यादती, ट्रयाक्टर ड्राईभर देखि स्कुलका शिक्षक सम्म गिराफ्तार

ईटरीमा प्रहरीको ज्यादती, ट्रयाक्टर ड्राईभर देखि स्कुलका शिक्षक सम्म गिराफ्तार

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

ईटहरी, १९ साउन ।

सुनसरीको ईटहरीमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता विरुद्ध धरपकड गर्ने क्रममा ट्रयाक्टर ड्राईभर देखि स्कुलका शिक्ष सम्मलाई गिराफ्तार गरेको खुलेको छ ।

हिजो पार्टीका जिल्ला सेक्रेटरी पुष्प कोईराला र कोशी ब्युरो सदस्य डिबी सिलवाल लाई पक्राउ गरेकै दिन ट्रयाक्टर चलाएर मजदुरी गर्ने भोजपुरका  मजदुर छिरिगं शेर्पा र सुनसरीमै अध्यापन गराउने शिक्षक जनक निरौलालाई समेत पक्राउ गरेको खुलेको छ ।

यसै गरी अर्का एक युवा सागर राईलाई पनि ईटहरीबाटै पक्राउ गरेको खुलेको छ । उनीहरु सबैलाई ईटहरी ईलाकामा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई आफन्तसँग भेटघाट गर्न तथा खान समेत नदिएर राखिएको उनीहरुका परिवारको भनाई छ । तर

सुनसरी जिल्ला प्रहरी कार्यलय प्रहरी प्रवत्ता डिएसपि नारायण चिमोरीयाले पक्राउ परेका सबैलाई पुर्ण मानवअधिकारको प्रत्याभुत हुनेगरी पाउने सुविधा समेत दिने गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ