नेकपा सुनसरीका सेक्रेटरी कोईराला सहित २ नेता गिराफतार

नेकपा सुनसरीका सेक्रेटरी कोईराला सहित २ नेता गिराफतार

  • शुक्रबार, साउन १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, १८ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्ध धरपकड जारी राखेको सरकारले आज सो पार्टीका सुनसरी जिल्ला सेक्रेटरी पुष्प कोईराला र कोशी ब्युरो सदस्य डिबी सिलवाललाई गिराफ्तार गरेको छ ।
सेक्रेटरी कोईरालालाई ईटहरी हलगडाबाट बाटोमा हिड्दै गर्दा र सिलवाललाई सोही ठाँउमा रहेको डेराबाट पक्राउ गरिएको हो ।
प्रहरीले घेरा हालेर गिराफ्तार गर्नुका साथै स्थानीय जनताको घरहरुमा छापा मारेर आतकित पार्ने काम गरेको भन्दै सो पार्टीका सुनसरी जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले एक विज्ञप्ति जारी भत्सर्ना गरेका छन् ।
विज्ञप्तिमा गिराफ्तार नेताहरुलाई अविलम्ब रिहा नगरे कडा सघर्ष गर्न बाध्य हुने चेतावनी दिईएको छ ।

अहिले दुवै जनालाई प्रहरीले कसैसँग भेट गर्न दिइएको छैन । गिरफ्तारसँगै स्थानीय सर्वसाधारणको घरमा समेत प्रहरीले अनावश्यक रुपमा छापा मारेर आतंकित तुल्याएको स्थानीयले बताएका छन् । प्रहरीले निर्दोष नागरिकको घरमा छापामा मारेर दुःख दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

सोही घटनाबारे नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला ईन्चार्ज प्रज्वलले शुक्रबार एक विज्ञप्ति जारी गरेर नेताद्वयको गिरफ्तारको घोर भत्सर्ना गरेका छन् । भ्रष्टाचार, कालाबजारी, मंहगी र चौतर्फी जनतामाथि भइरहेका शोषण र विभेदविरुद्ध निरन्तर संघर्षमा ररिरहेका बेला जिल्ला सेक्रेटरी कोइराला र ब्यूरो सदस्य सिलवाललाई बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘कम्युनिष्ट सरकारको नाममा उभिएका सामाजिक फासीवादी ओली–प्रचण्ड समुहको सत्ताले राष्ट्रिय स्वाधिनता, शान्ति र विकासको पक्षमा निरन्तर आफ्नो आवाज उठाइरहेको पार्टीमाथि यो अत्याचार गर्ने क्रममा पछिल्लो पटक आज पार्टीका सुनसरी जिल्ला सचिव कमरेड पुष्प कोईराला र कोशी ब्युरो सदस्य डीबी सिलवाललाई सुनसरीको हलगडास्थित डेरामा बसिरहेको अवस्थामा गैरन्यायिक ढंगले गिरफ्तार गरेको छ’ ईन्चार्ज प्रज्वलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गिरफ्तारसँगै स्थानीयलाई आतंकित पार्ने र सर्वसाधारणकाे घरमा छापा मारेर दलाल सरकारले जनविरोधी क्रियाकलाप गरेको समेत विज्ञप्तिमा उल्लेख छ । साथै प्रहरी प्रशासनले सुनसरीका विभिन्न नेता–कार्यकर्ता अझै पनि झुठा अभियोगमा जेल तथा हिरासतमा राखिराखेको र थप धरपकड श्रृंखला मच्चाइएको जनाइएको छ ।

बिनाकारण पार्टीका निर्दोष नेता–कार्यकर्तालाई गिरप्तार गर्ने र स्थानीलाई आतंकति पार्ने कार्य नगर्न र गिरफ्तार सबैलाई तुरुन्त रिहा गर्न सरकारसँग ईन्चार्ज प्रज्वलले माग गरेका छन् । अन्यथा, कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ