धनगढी साउन १८
मुख्यमन्त्री ज्यूको सचिवालय प्रदेश नम्वर ७ का माननीय मूख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा निकायका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिनु भएको छ ।
कंचनपुर भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखाम घर भएकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा अबस्थाको जानकारी लिनु भएको हो । कैलाली र कंचनपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई कार्यालयमै बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिनु भएको हो ।
कैलाली र कंचनपुरमा दिन प्रतिदिन हत्या,बलत्कार,चोरी,किर्ते ठगी लगायतका घटनाहरु बढ्न थालेपछि सुरक्षा अबस्थाको बारेमा मुख्यमन्त्री भट्टले जानकारी लिई सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिनु भएको छ । जनताको जिउ,धनको सुरक्षा गर्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उहाँले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिनुभयो । शुक्रबार दिउसो २ ः३० बजे कैलाली र कंचनपुरका प्रजिअसहित सुरक्षा सम्बद्ध निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको हो ।
दिनप्रति दिन हत्या र किशोरीमाथि बलत्कारका घटना भई रहेका छन् घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न समेत मुख्यमन्त्री भट्टले निर्देशन दिनुभयो सुरक्षा अधिकारीहरुले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताएका छन् ।
प्रजिअ,नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्टिय अनुसन्धान बिभागका प्रमुखहरुले सुरक्षा अबस्थाको बारेमा जानकारी गराउदै निर्मला पन्तको हत्यारा गर्ने दोषीमाथि अनुसन्धान भईरहेको जानकारी गराएका थिए ।