प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत

प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत

  • शुक्रबार, साउन १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ । शुक्रबार सिंहदबारमा भएको संसदीय सुनुवाई समितिको बैठकमा जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत भएको हो ।

कांग्रेसले बहिष्कार गरेपछि जोशीलाई स्वीकृत र  अस्वीकृत गर्ने पक्षमा भएको मतदानका क्रममा १० भोट अस्वीकृत गर्ने पक्षमा पर्‍यो भने स्वीकृत गर्ने पक्षमा कुनै पनि भोट खसेन । संसदीय नियमावली अनुसार दुईतिहाइ बहुमतले अस्वीकृत गर्न सकिने भएकाले यो निर्णयमा पुगिएको समितिका जेष्ठ सदस्य तथा सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टीसहितको दुईतिहाइ बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेको छ । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाबाट ९ र संघीय समाजवादी फोरमका १ गरी १० जना संसद छन्, जुन दुईतिहाइ बहुमत हो । कांग्रेसबाट चार सदस्य रहेका छन् ।

शैक्षिक प्रमाणपत्र विवाद र केही ‘विवादित फैसला’का कारण जोशी अप्ठेरोमा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ