प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

  • बिहिबार, साउन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १७ साउन ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोेल्नुभएको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो ।

बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै उभिरह्याँै तर सभामुखले बेवास्ता गर्नुभयो र सदन चलाउनुभयो, पुनःहामीले नियमावलीको व्यवस्था इंगीत गरेर समय माग ग¥यौँ, त्यसपछि पनि समय नपाएपछि हामीले विरोधको सांकेतिकरुपमा सदन बहिष्कार गर्नुप¥यो ।”

“सत्तापक्षले संविधान कार्यान्वयनमा पनि चासो नलिएको आरोप लगाउँदै प्रमुख सचेतक खाँणले संविधान, ऐन कानून र संसदीय पद्धतिको पालना गर्नुपर्ने दायित्व सबैको भएको धारणा व्यक्त गर्नुभयो ।”

काँग्रेसकै नेता डा मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै आज त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाउनुभयो ।

“सरकार यो बाटोमा जान्छ भन्ने हाम्रो आशंकामा उहाँहरुले आज थप प्रमाण पेश गर्नुभएको छ, हामी चाहन्छौँ सत्तापक्ष सुध्रियोस्, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।”

काँग्रेस नेता डा रिजालले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने संविधानमा स्पष्ट व्यवस्था भएको र आफूहरुले उक्त विषय पटकपटक उठाउँदा पनि सत्तापक्षले ठोस सुनुवाइ नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यो विषय संघ र प्रदेशमा पटकपटक उठायौँ, तर उहाँहरुले त्यसअनुसार कुनै व्यवहार गर्नुभएको छैन, सर्वाेच्च अदालतको मुद्दाको प्रतिवादी भएर बस्ने भनेको अदालतमाथि दबाब राख्ने मनशाय हो ।”

सत्तापक्षले संविधानका प्रष्ट व्यवस्थामा पनि सुनेको नसुनेको झै गरेको उहाँको आरोप थियो । प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक बहिष्कार गरे पनि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकलाई निरन्तरता दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ