परराष्ट्रमन्त्री ज्ञवालीले राजदूतलाई दिए यस्तो निर्देशन

परराष्ट्रमन्त्री ज्ञवालीले राजदूतलाई दिए यस्तो निर्देशन

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, १३ साउन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपेली मुलुकमा नेपालको सम्भावित आर्थिक क्षेत्रको प्रचार प्रसार गर्न सम्बन्धित नेपाली राजदुतलाई निर्देशन दिनुभएको छ ।

युरोपेली क्षेत्रका लागि नेपाली राजदुतसँग भएको संयुक्त भेटका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक सम्भावनाका नयाँ क्षेत्रको प्रवृद्धनका लागि कुटनीतिक प्रयास सशक्त बनाउन निर्देशन दिनुभएको हो ।

बेल्जियमको ब्रसेल्समा युरोपेली क्षेत्रका नेपाली राजदुतहरुको क्षेत्रीय सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री ज्ञवालीले युरोपियन राष्ट्रहरुसँग मुलुकले नयाँ आर्थिक अवसरको खोजी गर्नुपर्ने बताउनुभयो ।

परराष्ट्रमन्त्रीसंगको भेटका क्रममा नौ वटा युरोपियन देशका लागी नेपाली राजदुतहरुले नेपाली मिसनका क्रियाकलाप बारे व्रिफिङ गरेका थिए ।

अन्तराष्ट्रिय संस्थासँग सहकार्यका सम्भावनाबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराएको बेल्जियम स्थित नेपाली दुतावासले जनाएको छ । बैठकमा बेलायत, जर्मनी, फ्रान्स, लगायत ९ युरोपेली मुलुकका लागी नेपाली राजदुतसहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ