कांग्रेसले गर्यो प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध, यस्तो छ कारण

कांग्रेसले गर्यो प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध, यस्तो छ कारण

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.9K
    SHARES

रुपन्देहि, १३ साउन ।

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रदेश ५ को आजको प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

अस्थायी मुकाम बुटवलमा आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल कांग्रेसले स्थायी राजधानी र नामाकरण टुङ्गो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदिने अडान राखेपछि बैठक अबरुद्ध भएको हो ।

बैठक शुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताउनुभयो ।

संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको उहाँले बताउनुभयो ।

संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभामा अहिलेसम्म दुबै पद एकै दलको भएकोमा आश्चर्य जनाउनुभयो ।

प्रदेश सभा सदस्यले विपक्षी दलका नेता बलदेव शर्माको नेतृत्वमा प्रदेश सभाको बैठक कक्षमा उभिएर विरोध गरेका थिए । कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि दिउंसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनु भएको थियो ।

राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसंग छलफल गरेर टुङ्गो नलाग्दासम्म बैठक अवरोध जारी राख्ने सचेतक क्षेत्रीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ