सत्तारुढ नेकपाले दिनयो आफ्ना सांसदहरुलाई यस्तो निर्देशन

सत्तारुढ नेकपाले दिनयो आफ्ना सांसदहरुलाई यस्तो निर्देशन

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं ११ श्रावण ।

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदमा पार्टीको भूमिका कमजोर भएको भन्दै स्पष्ट ढंगबाट प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

आज बिहान बसेको पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले निर्देश गरेका बिषय निष्पक्ष तथा स्पष्ट ढंगले संसदमा राख्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

प्रतिपक्षी दलका केही सांसद विरोधमा उभिदैमा संसदको काम कारबाही प्रभावित हुन नहुने भन्दै त्यस्तो अवस्था आए सशक्त प्रतिकारमा उत्रन पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिपक्षी दलहरुले सरकारको काम कारबाहीलाई लिएर जनमानसमा नकारात्मक टिप्पणी बढाउँदै लगेको भन्दै उहाँले आफ्नो योजनामा सरकार नझुक्ने र यस्ता गतिविधिलाई वैधानिक बाटोबाट नियन्त्रण गर्ने उल्लेख गर्नुभयो ।

संसदमा शीर्ष नेताहरुले गर्ने सम्बोधन माथि टिप्पणी गर्दा पनि पार्टीको लाईनभन्दा बाहिर नजान ओलीको आग्रह थियो । बैठकमा डा. गोविन्द केसीसँग भएको सम्झौताबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ