प्रधानन्यायाधीशका लागि जोशी योग्य भए नभएको निर्णय आज हुँदै

प्रधानन्यायाधीशका लागि जोशी योग्य भए नभएको निर्णय आज हुँदै

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, साउन ११ ।
प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज निर्णय गर्दैछ । संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्ने निर्णय भने आज मात्र गर्न लागेको हो ।

हिजोको बैठकमा जोशीलाई सांसदले झण्डै २ घण्टा विभिन्न प्रश्न सोधेका थिए । उहाँले आफ्ना प्रश्नहरुको अति संक्षिप्त मात्र जवाफ दिएको र केही प्रश्नको उत्तर तोडमोड गर्ने प्रयास गरेको भन्दै सबै सांसदले चित्त नबुझाए पछि समितिले आज मात्र निर्णय गर्ने गर्न लागेको हो ।

जोशीको नाम अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ । नाम अनुमोदन भए नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ ।

१५ सदस्यीय समितीमा नेकपाका ९ र संघीय समाजबादी फोरमका एक गरि सत्तारुढ दलका १० जना सांसद छ भने कांग्रेसका ४ र राजपाका एकजना सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ