निजामती सेवाका कर्मचारीहरुलाइ प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

निजामती सेवाका कर्मचारीहरुलाइ प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, १० साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार भएर राष्ट्र सेवामा समर्पित हुन निजामती सेवाका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३९ औं आधारभूत प्रशिक्षण समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशासनिक सेवामा भइरहेको ढिलासुस्ती र सेवाग्राहीका गुनासालाई समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

प्रशासनिक क्षेत्रमा अझैपनि भ्रष्टाचार र ढिलासुस्ती जस्ता समस्या समाधान नभएको भन्दै उहाले उत्तरदायी र पारदर्शी भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
उहाले राष्ट्रिय सेवामा आफुलाई प्रवेश गराउनु छ भने जनताको सेवकको रुपमा आफुलाई प्रस्तुत गर्न सबै कर्मचारीको ध्यानाकर्षण गराउनु भएको छ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई कार्यक्षेत्रमा सफल हुन बधाई दिनुभएको थियो ।

गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २१७ अधिकृत सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ