काठमाण्डौं।
कृषि विकास बैंक र सिडिएसबीच निक्षेप सदस्यका लागि सम्झौता भएको छ ।
सेयरधनीहरुका लागि हितग्राही (डिम्याट) खाता खोल्न सक्ने स्वीकृतिसहितको सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र सिडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।
सम्झौताबाट बैंकका करिब दुुई लाख ५० हजार सेयरधनीहरु लगायत अन्य कम्पनीका सेयरधनीहरुले समेत बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने भएका छन् भने अर्कोतिर ग्रामीण क्षेत्रसमेत पुँजी बजारमा प्रत्यक्ष सहभागी भई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षासमेत गरिएको छ ।
सम्झौतापश्चात् कृषि विकास बैंक लि।का शाखाहरुमा हितग्राही (डिम्याट) खाता खोल्न सक्ने भएबाट धेरैभन्दा धेरै सेयरधनी महानुभावहरु यस सेवाबाट प्रत्यक्षरुपमा लाभान्वित हुने छन् ।
सम्झौताका क्रममा बैंकका उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुंगाना, इ–बैंकिङ विभागका विभागीय प्रमुख वासु अधिकारी, बजार तथा शाखा सञ्चालन विभागका विभागीय प्रमुख सुदीप दाहाल, ट्रेजरी विभागका विभागीय प्रमुख कृष्ण नकर्मी, सूचना प्रविधि विभागका शाखा प्रमुख उद्धव केसी, इ–बैंकिङ विभागका शाखा प्रमुख सरोज कुमार साह, बैंकका प्रवक्ता हिमलाल पौडेल र सामान्य सेवा विभागका शा।अ। तारा न्यौपानेका साथै सिडिएस एण्ड क्लियरिङका कञ्चन सापकोटाको समेत उपस्थिति थियो ।