सिभिल बैंकले गर्यो रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता

सिभिल बैंकले गर्यो रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौं ।
जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौताभएसँगै अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्फत ग्राहक वर्ग प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

देशका ग्रामीण भेगलाई विशेष ध्यानमा राखी विभिन्न जीवन बीमाका योजनाहरु ल्याइएको रिलायबल नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताएका छन् ।

बैंकले यसअघि पनि जीवन बीमा कम्पनीहरु मेटलाइफ र एलआईसी नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनिहरुसँग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ