नेकपाद्वारा झुट्टा प्रचारवाजीको भ्रममा नपर्न अपिल, घटनाबारे प्रवत्ता प्रकाण्ड यसो भन्छन्

नेकपाद्वारा झुट्टा प्रचारवाजीको भ्रममा नपर्न अपिल, घटनाबारे प्रवत्ता प्रकाण्ड यसो भन्छन्

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 49.2K
    SHARES

काठमाण्डौ, ९ साउन ।
नेपाल कम्युनिष्ट पाटीले पार्टी महासचिव सहितका नेताहरु प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई अपिल गरेको छ ।
बुधवार केहि सन्चार माध्यममा आएको पार्टीको बिशेष कार्यक्रम भएको आशंकामा अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको र नेताहरु घेराबन्दीमा परेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको नेकपाले प्रष्ठ पारेको हो ।
नेकपाका प्रवत्ता प्रकाण्डले झुट्टा प्रचारवाजीको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गर्नुभएको हो । प्रवक्ता प्रकाण्डले पार्टी र नेतृत्वको प्रहरीसंग मुठभेट भएको र प्रहरीको घेरामा रहेको झुट्टा प्रचारवाजीको भ्रममा नपर्न आग्रह गर्नुभयो ।
पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि नेकपामाथी हस्तक्षेप र दमन गर्दै आएको र यसै क्रममा नेकपाबिरुद्ध झुट्टा प्रचारवाजी थालिएकोमा नेकपाले आक्रोश समेत ब्यक्त गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि हाम्रो पार्टी माथी हस्तक्षेप र दमन गर्दै आएको छ । दर्जनौको संख्यामा नेता तथा कार्यक्रताहरुलाई जेलनेल, हिरासत र झुट्टामुद्धा लगाएर आफ्नै कानुनको खिल्ली उडाएको छ ।
यो जनविरोधी र राष्ट्रधाति चरित्रमा पर्दा हाल्नको निम्ति देशमा राज्य आतंक मच्चाउने र देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत हाम्रो पार्टी र नेतृत्वको प्रहरी संग मुठभेट भएको र प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको छ । आम जनसमुदायलाई यो झुट्टा भ्रममा नपर्न पार्टी केन्द्रीय कार्यालय आग्रह गर्दछ ।”

यस बिषयमा प्रवक्ता प्रकाण्डको भनाई यस्तो छ – ‘हम्रो पार्टीको गत छैटौँ केन्द्रीय समितको वैठकको योजना अनुसार देशैभरी जनजागरण अभियान चलिरहेको छ । यस क्रममा पार्टी, जनता र जनवर्गीय संगठनहरु संग सम्विन्धित सयौँ कार्यक्रमहरु सम्पन्न भईरहेका छन् । देशैभरिवाट तत्कालीन माके र अन्य विभिन्न पार्टीबाट सयौँको संख्यामा नेता र कार्यक्रताहरु नेकपामा प्रवेश गरिरहेका छन् । हाम्रो पार्टीले देशैभरि संचालन गरेको आन्दोलन र क्रान्तिको पक्षमा उत्साहपुर्ण वातावरण निमार्ण भईरहेको छ । दलाल सरकार र सत्ताको जनविरोधि र राष्ट्रधाति चरित्र एकपछि अर्को गरि नाङ्घीएको छ र दलाल पुँजीवादी चरित्र सावित भएको छ । पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि हाम्रो पार्टी माथी हस्तक्षेप र दमन गर्दै आएको छ । दर्जनौको संख्यामा नेता तथा कार्यक्रताहरुलाई जेलनेल, हिरासत र झुट्टामुद्धा लगाएर आफ्नै कानुनको खिल्ली उडाएको छ ।
यो जनविरोधी र राष्ट्रधाति चरित्रमा पर्दा हाल्नको निम्ति देशमा राज्य आतंक मच्चाउने र देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत हाम्रो पार्टी र नेतृत्वको प्रहरी संग मुठभेट भएको र प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको छ । आम जनसमुदायलाई यो झुट्टा भ्रममा नपर्न पार्टी केन्द्रीय कार्यालय आग्रह गर्दछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ