काठमाडौं, ९ साउन ।
शक्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले नेताहरुको सपना साकार गर्न दुःख कष्टपूर्वक अघि बढिरहेको दावी समेत गर्नुभयो । उहाँले अहिलेको सरकारले विकास र समृद्धिको चाहना पूरा गर्ने जिकिर पनि गर्नु भएकोछ ।
संस्थापक नेता नरबहादुर कर्माचार्यले मजदुर आन्दोलनको नेतृत्व गर्दै एकता र सही विचारका साथ समाजलाई मार्ग निर्देशन गरेको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline