काठमाण्डौ, ९ साउन ।
अमेरिकाको ओक्लोहामस्थित स्थानीय ग्याँस स्टेशनमा काम गर्ने नेपाली युवती गोरखाकी रचना श्रेष्ठमाथि गोली प्रहार भएको छ । स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे एक युवकले ८ गोली प्रहार गरेका थिए ।
गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको अमेरिकाबाट पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो ।
८ मध्ये ४ गोली शरिरबाट निकालिएको र रचनाको अवस्था अत्यत्नै चिन्ताजनक रहेको श्रीमान् कपिल श्रेष्ठले बताउनुभयो । गोली हान्ने १८ वर्षका जिमुन्तेज हिललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ ।
डीभी परेर डेढ एक वर्ष अघि अमेरिका गएकी उनका साढे २ वर्षका छोरा छन् । ३ साताअघि पनि लुटेराले भर्जिनियामा रेशम बजगाईंको हत्या गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline