सरकारी पक्ष र डा केसी पक्षबीच आज पनि वार्ता हुँदै, सहमतिको पहल गरिने

सरकारी पक्ष र डा केसी पक्षबीच आज पनि वार्ता हुँदै, सहमतिको पहल गरिने

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

काठमाडौं, साउन ९ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत प्रा डा गोविन्द केसी पक्ष र सरकारी पक्षबीच आज पनि वार्ता हुने भएको छ ।

गएराति अबेर सम्म चलेको वार्तामा दुवै पक्ष केहि लचक भएसँगै आजको वार्ताको माध्यमबाट सहमतिको पहल खोजिने बताइएको छ ।

विहान ९ बजे पछि शिक्षा मन्त्रालयमा हुने वार्तामा बाँकी विषयमा सझदारी जुटाउने प्रयास गरिने सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालले जानकारी दिनुभयो ।

डा केसी पक्षले सरकारी वार्ता टोलीसँग म्यान्डेट नभएको भन्दै वार्तामा बस्न अस्विकार गर्दै आए पनि सरकारले माग संबोधनका लागि अग्रसरता देखाएपछि ५ दिन देखि अवरुद्ध वार्ताले गति हिजोबाट पाएको हो ।

सरकारी वार्ता टोलीका संयोजक बरालले प्रेस वक्तब्य जारी गर्दै आज वार्ता हुने जनाउनु भएको हो । वक्तब्यमा धेरै कुरा सहमति नजिक पुगेको जनाइएको छ ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग छलफल सुरू भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ