छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामा: मुख्यमन्त्री गुरुङ

छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामा: मुख्यमन्त्री गुरुङ

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नवलपरासी, ८ साउन।

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताउनुभएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आइपुग्नुभएका मन्त्री गुरुङले आज बिहान स्थानीयवासीलाई भेटघाट क्रममा यस्तो बताउनुभएको हो ।

सो क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धिका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइसकेको जानकारी दिनुभयो ।

यसै क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणीको छोटी भन्सारसहित त्रिवेणीका समुदायका वैकल्पिक बाटोमा रुपमा रहेको त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

त्रिवेणी धाम विकास सम्भावनासहित यसको चौतर्फी विकासबारे मुख्यमन्त्री गुरुङले स्थानीयवासीसँग जानकारी लिनुभएको थियो । सो क्रममा स्थानीयबवासीले यस क्षेत्रको समस्या विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएको त्रिवेणी गाउँपलिका डम्बरबहादुर जिशीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ