बंगलादेशमा पढ्ने छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिने कानुनमन्त्री तामाङले राजीनामा दिदैँ

बंगलादेशमा पढ्ने छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिने कानुनमन्त्री तामाङले राजीनामा दिदैँ

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाण्डौ, ८ साउन ।

बंगलादेशमा पढ्ने छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले आज राजीनामा दिने हुनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको निर्देशनपछि उहाँले आज दिउँसो राजीनामा दिन लाग्नुभएको हो ।
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उहाँलाई राजीनामा दिन निर्देशन दिएको हो ।

स्रोतका अनुसार हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो ।

पार्टीको निर्देशनपछि तामाङले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गर्नुभएको छ । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ