फरार अभियुक्तलाई राजपाद्वारा राज्यमन्त्रीमा सिफारिस

फरार अभियुक्तलाई राजपाद्वारा राज्यमन्त्रीमा सिफारिस

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, ८ साउन ।  राष्ट्रिय जनता पार्टीले प्रदेश २ मा सरकारका लागि तीन राज्यमन्त्रीको छनोट गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राज्यमन्त्रीका लागि तीन जनाको नाम पठाएका हुन् ।

राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ ।

झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

विक हत्याको मुद्दामा सांसद शर्मासँगै जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।राजधानीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ