प्रचण्ड भन्छन्- डा. केसीकाे काम अनशन बस्ने हाे तर काँग्रेस किन लासको राजनीति गर्न खाेज्दैछ ?

प्रचण्ड भन्छन्- डा. केसीकाे काम अनशन बस्ने हाे तर काँग्रेस किन लासको राजनीति गर्न खाेज्दैछ ?

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको बताउनु भएकाे छ । पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले  केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको बताउनु भयाे ।

प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गर्दै उहाँले भन्नुभयाे, डा. केसीको जीवन रक्षाको दायित्व सरकारको हाे‘तर, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न चाहन्छ, लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।’

उहाँले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गर्नुभयाे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

अनसन बसेको भरमा सबै माग पूरा नहुने पनि दावी गर्दै उहाँले  भन्नुभयाे ‘एउटा व्यक्तिको मागलाई मानिदिनुपर्ने हो भने संसद किन चाहियो ?’  ‘बीचबीचमा एक दुई जनालाई अनसन बस्न लगाइदियौं । उसले जे भन्छ त्यही मानौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ