अाेली र प्रचण्डले दम्भयुक्त अभिव्यक्ति दिएकाे भन्दै काँग्रेसले निकाल्याे यस्ताे विज्ञप्ती

अाेली र प्रचण्डले दम्भयुक्त अभिव्यक्ति दिएकाे भन्दै काँग्रेसले निकाल्याे यस्ताे विज्ञप्ती

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

७ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसले गोविन्द केसीको मुद्दालाई साथ दिएकोमा आलोचना गर्दै त्यान्द्रो समाएर राजनीति गरेको टिप्पणी गरेपछि अाज काँग्रेसले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ त्यस्तो नगर्न सचेत गराएको हो ।

‘कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथि उठेर तत्कालै समाधानमा पुग्न प्रधानमन्त्री र सिंगो सत्तापक्षलाई फेरि पनि सचेत गराउन चाहन्छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘डा. केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन’ विज्ञप्तिमा भनिएको छ ।

शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा केसीले उठाएको माग संबोधन भएको भन्दै कांग्रेसले अहिले सरकारले नै समस्या सिर्जना गरेको बताएको छ । ‘आजको मितिमा उत्पन्न भएको समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या हो’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।

सोमबारको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसले नै डा. केसीको मृत्यु चाहेको र लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । त्यसको जवाफमा कांग्रेसले भनेको छ ‘संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दबाव दिनुपर्नेमा उल्टै नेता दाहालले कांग्रेसमाथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ