हामीले अहिले मात्रै चिन्यौं, कम्युनिस्टहरु जनताका लागि हुँदै होइनन्ः देउवा

हामीले अहिले मात्रै चिन्यौं, कम्युनिस्टहरु जनताका लागि हुँदै होइनन्ः देउवा

  • आइतवार, साउन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्युनिस्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले मात्रै बुझेको भन्दै कम्युनिस्टहरु जनताको लागि नभएकाे बताउनु भएकाे छ ।

बीपी स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले   बीपीले कम्युनिस्टहरुलाई पहिल्यै चिन्नुभएकोले त्यसाे भन्नुभएकाे रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’

‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको भन्दै देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको छ।

‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन् । उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

डा. गोविन्द केसीको माग जायज भएको उहाँले बताउनुभयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ