काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अनशनरत डा. गोबिन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको बताउनुभएकाे छ ।
चिकित्सा क्षाेत्रकाे सुधार लगायतका बिभिन्न माग राखि अनसनमा बस्नुभएका केसीको समर्थनमा भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा सरकारी हस्तक्षेप निन्दनिय कार्य भएकाे बताउनु भयाे ।
नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित बिस्तारित बैठक तथा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै उहाँले यस किसिमको बर्बर दमनमा नउत्रिन पनि सरकारलाई चेतावनी दिनुभयाे
केसीको अनसनप्रति सरकारका जिम्मेवार मन्त्रीले दिएका सार्बजनिक टिप्पणीले उहाँको मागप्रति सरकार गम्भिर र जिम्मेवार नभएको प्रष्ठ पार्दै लगेकाे बताउनु भयाे ।
कांग्रेस उपसभापति निधिले चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले उठाएका मागको देउवा सरकारका पालामा सबैसंग सहमति गरेर समाधान भइसकेको बिषयलाई पुनः खोतलेर सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै भन्नुभयाे, ‘सहमति भइसकेको बिषयलाई तोडमोड गरी बेइमानीपूर्बक सरकारले चिकित्सा शिक्षा बिधेयक संसदमा दर्ता गराएर केही व्यक्तिको स्वार्थमा काम गर्न खोजेको छ’ ।