अनशनरत डा.केसीका मागमा समर्थन जनाउन सामूहिक सत्याग्रह सुरु

अनशनरत डा.केसीका मागमा समर्थन जनाउन सामूहिक सत्याग्रह सुरु

  • आइतवार, साउन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, ६ साउन । नागरिक समाजका अगुवाहरु र विद्यार्थीहरुले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन सामूहिक सत्याग्रह सुरु भएको छ ।

उनीहरूलेआजबाट सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा सुरु गरेका हुन् । जहाँ आम नागरिक सहभागि हुनेछन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले हिजो पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।

यता, २३ दिनदेखिको आमरण अनशनरतका कारण डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा. केसीलाई बीसौं दिनका दिन सरकारले काठमाडौं ल्याएपनि थप वार्ता नहुँदा डा. केसीले उपचार नै गर्न मानेका छैनन् ।

डा. केसीलाई काठमाडौं ल्याएर वार्ता थाल्ने बताएको सरकारले तीन दिनसम्म पनि वार्ताप्रति कुनै वास्ता गरेको छैन ।

शनिबार भने सरकराले बिना शर्त वार्तामा आउन केसी पक्षधरलाई आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ