नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन तेस्रो परामर्श बैठक काठमाडौँमा बस्दै

नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन तेस्रो परामर्श बैठक काठमाडौँमा बस्दै

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, ५ साउन ।

आगामि साउन तेस्रो साता नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन काठमाण्डौमा तेस्रो परामर्श बैठक हुने भएको छ ।

सम्झौताको मस्यौदालाई निष्कर्षमा टुङ्ग्याउन तेस्रो परामर्श बैठकका लागि यही साउन १४ र १५ गतेको मिति चीनसमक्ष प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असार २६ र २७ मा चीनको राजधानी बेइजिङमा सम्पन्न तेस्रो परामर्श बैठकमा अर्को बैठक यही जुलाइभित्र काठमाडौँमा गर्ने द्विपक्षीय सहमति भएको थियो ।

मस्यौदालाई निष्कर्षमा पु¥याउन दुवै पक्षबीच सघन संवाद जारी रहेको र त्यो सकारात्मक दिशामा उन्मुख भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनु भयो ।

वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयको जिम्मेवारी सम्हाल्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा हुने तेस्रो परामर्श बैठकमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

चीनबाट विदेश, यातायात, सार्वजनिक सुरक्षा मन्त्रालयका साथै राष्ट्रिय रेल तथा सामान्य प्रशासन विभागका वरिष्ठ कर्मचारीले बैठकमा भाग लिने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ