मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चितवन, ५ साउन ।
गत आर्थिक वर्षमा चितवनमा मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ ।

चारवटा मालपोत कार्यालय रहेको चितवनमा भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए ।

मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजश्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजश्व उठेको थियो ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।

कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ ।

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजश्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

मालपोत कार्यालय खैरहनीका प्रमुख निरकुमार दाहालले गत आर्थिक वर्षमा यो कार्यालयले रु २२ करोड ९८ लाख ९ हजार राजश्व संकलन गरेको बताउनुभयो । तीमध्ये रजिष्ट्रेशनवापत रु १५ करोड ७६ लाख १७ हजार, सेवाकरवापत रु एक करोड ३८ लाख पाँच हजार तथा लाभकरवापत रु पाँच करोड ८३ लाख ५८ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।

मालपोत कार्यालय माडीले रु तीन करोड १३ लाख ७३ हजार राजश्व संकलन गरेको छ । तीमध्ये रजिष्ट्रेशनवापत रु दुई करोड ५९ लाख, सेवा करवापत रु १२ लाख ४७ हजार र लाभकरवापत रु ४२ लाख २५ हजार संकलन गरेको सो कार्यालयका प्रमुख कुश्माखर अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ