बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी: नेता नेपाल

बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी: नेता नेपाल

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ, ५ साउन ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज आयोजना गरेको कार्यक्रममा उहाँले बुद्धले अढाई हजार वर्ष पहिले प्रतिपादन गर्नुभएको बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी रहेको बताउनु भयो । उहाँले नैतिक शिक्षाका माध्यमबाट समाजमा शान्ति, अहिंसा कायम गर्न सकिने बताउनु भयो ।

लामो समयसम्म देशमा भएको द्वन्द्वको अन्त्य गरी नेपाली समाज बुद्धको दर्शनबाट प्रेरित भई आर्थिक विकास र समृद्धिका लागि अगाडि बढेको नेता नेपालले बताउनुभयो । बौद्ध दर्शनलाई सातै प्रदेश र स्थानीय तहमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता नेपालले सुखी नेपाली र समृद्ध नेपालको अभियानलाई पूरा गर्न मुलुकमा उद्यमशीलताका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीको अवसर बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बौद्धगुरु डा अनिल शाक्य, नेपालका लागि थाइल्याण्डका राजदूत भागवट तान्सकुललगायतले बौद्ध शिक्षा, ज्ञान र उपदेशका बारेमा नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई बुद्ध मूर्ति वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ