खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा

खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

चौतारा, ५ साउन ।
सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित निकायबाट हालसम्म आधिकारिक पत्र प्राप्त भएको छैन । सम्बन्धित निकायबाट कुनै आधिकारिक पत्र नआएकाले हाजिर मात्र गरेर बस्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख दुर्गादत्त पन्थीले बताउनुभयो ।

कार्यालय खारेजीपछि अस्थायी र ज्यालादारी कर्मचारीलाई हाजिर नगराउने निर्देशन आएकाले त्यसको पालना गरिएको र अन्य काम केही हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर शम्भु खनालले बताउनुभयो ।

उता खारेजीमा परेको घोषणा गरिएपछि हाललाई कार्यालय यथावत् रुपमा रहने गरी पत्र प्राप्त भएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत भगवान झा बताउनुभयो ।

हालसम्म आधिकारिक पत्र नआए पनि प्रदेश मातहत रहने गरी जिल्ला वन कार्यालय यथावत् रहने र यसअघि इलाका वन कार्यालयले गर्दै आएको काम तीन नगरपालिका र नौ गाउँपालिकालाई समेट्ने गरी छ सबडिभिजन कार्यालय रहने आफूले जानकारी पाएको जिल्ला वन अधिकृत राजु क्षत्रीले बताउनुभयो ।

त्यसैगरी भूसंरक्षण कार्यालयमा पनि कामकाज ठप्प छ । देशमा १४ डिभिजन कार्यालय रहेको हुँदा त्यसमध्ये एउटा डिभिजन कार्यालय यहाँ रहने सम्भावना रहे पनि सोबारे अहिलेसम्म कुनै आधिकारिक पत्र प्राप्त भइसकेको सहायक भूसंरक्षण अधिकृत प्रदीप श्रेष्ठले बताउनुभयो ।

कार्यालय खारेजीमा परेका शिक्षा, पशुसेवा, महिला विकासलगायत कार्यालयका कर्मचारी पनि हाजिर मात्र गरेर बस्ने गरेका छन् । जिल्ला अस्पताल भने आगामी असोज मसान्तसम्म यथावत् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लामा खारेजीमा परेका कार्यालयमध्ये शान्ति समिति मात्र भाडाको घरमा बसेको र अन्यको आफ्नै सरकारी भवन छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ