‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले भेटे 

 ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले भेटे 

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौँ, ४ साउन । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भन्नुभयो, “तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपार्इंले खेलेको भूमिका सकारात्मक रह्यो ।”

अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उहाँले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना रहेको समेत अध्यक्ष दाहालको भनाइ थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेल्नुभएकामा अध्यक्ष दाहालको प्रशंसा गर्नुभयो ।

उहाँले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ