जुवा खालबाट रंगेहात पक्राउ परे जनप्रतिनिधि

जुवा खालबाट रंगेहात पक्राउ परे जनप्रतिनिधि

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

४ साउन,पाल्पा । रेष्टुरेन्टमा जुवा खेल्दै गरेको अवस्थामा जनप्रतिनिधिसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तानसेनको ‘सेन्चुरी हट रेष्टुरेन्ट’बाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ पाल्पा प्रहरीले बताएको छ ।

जुवा खालबाट तानसेन नगरपालिका वडा नम्बर ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, गणेश कुँवर, तानसेन ३ का सुशील कुँवर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसीलाई पक्राउ गरेको हो ।

वडा सदस्य चुराबहादुर असारको अन्तिमतिर विकासे बजेटमा भ्रष्टाचार गरेको रुपैयाँ बोकेर जुवा खेल्न गएको स्थानीयले बताएका छन् ।

  • सांकेतिक तस्विर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ