राजपालाई प्रधानमन्त्री ओलीले गरे यस्तो प्रस्ताव

राजपालाई प्रधानमन्त्री ओलीले गरे यस्तो प्रस्ताव

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, साउन ४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउन राजपा नेताहरुलाई प्रस्ताव गर्नुभएको छ ।

राजपाका नेताहरुसँग हिजो साँझ बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनुभएको छ । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिनुभयो ।

संविधान संसोधनका बारेमा नेताहरुले राखेको जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने उल्लेख गर्नुभयो ।

राजपामा नेताहरुले तराईको बाढी, दुईबर्ष अघिको आन्दोलनमा घाइतेको अवस्था र मुद्दा,तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ