काठमाण्डु, ३ साउन ।
अनसनरत डा गोविन्द केसीलाई काठमाण्डौ ल्याउने क्रममा प्रहरीले बल प्रयोग गर्दा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा तीन जना प्रहरी सहित झण्डै एक दर्जन घाईते भएका छन् ।
प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरि दुख दिएकोे भन्दै जुम्लामा अनसनरत डा.गोविन्द केसी भने आजै अपरान्ह काठमाण्डांै फर्किनुभएको छ ।
डा. केसीको अनसन स्थालमा प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा प्रहरी सहित दर्जनांै विद्यार्थीका साथै चिकित्सक घाइते भएका हुन् । जसमध्ये एक जना प्रहरी जवानको अवस्था गम्भिर रहेको प्रहरी प्रवत्ता शैलेस थापा क्षत्रीले जानकारी दिनुभयो ।
गोली लागेका घाईते प्रहरी जवान कमल आचार्यको चिन्ताजनक अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । स्थानीय तथा प्रत्यक्षदर्शीले प्रहरीले गोली चलाएको बताएका छन् । प्रहरीको गोली लागेर प्रहरी घाईते भएको बताईएको छ तर प्रहरी प्रवत्ता थापाले भने गोली नचलेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, प्रहरीले गोली चलाएको छैन, झडपका क्रममा अस्पतालका सिसा र चिर्पट प्रहार बाट प्रहरी जवान घाईते भएका हन् । गोली चलेको हल्ला मात्र हो । उहाँले गलत हल्ला फैलाईएको बताउनु भयो ।
प्रहरी र केशीका समर्थक विच भएको दोहोरो भिडन्तबाट प्रतिष्ठानमा ठूलो क्षति पुगेको छ ।
जुम्लाबाट काठमाण्डौ फर्कनुअघि पत्रकार सम्मेलनको आयोजना गरी केसीले बिद्यार्थी र चिकित्सकमाथि प्रहरीले बल प्रयोग गरेर घाईते बनाएकोप्रति दुख ब्यक्त गर्नुभयो ।
केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू काठमाडौं फर्कन बाध्य भएको प्रतिकृया दिनुभयो ।
उहाँले जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह काठमाण्डौमा पनि जारी रहने बताउनुभयो । डा केशीलाई जुम्लाका स्थानीयले फूलमाला लगाएर विदाइ गरेका थिए ।
यसैबिच राष्ट्रिय मानवअधिकार अयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने क्रममा सरकारी पक्षबाट भएको धरपकड प्रत्ति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
प्रहरी अस्पताल भवन भित्रै प्रवेश गरी कुटपिट गर्नु, झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नुलाई राष्ट्रिय मानवअधिकार आयोगले निन्दनीय कार्य भनेको छ ।
आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा अन्धाधुन्ध लाठी प्रहार भइरहँदा त्यस्तो परिस्थितिलाई रोक्न नेपाल सरकारका गृह सचिवमार्फत् आयोगले तत्कालै निर्देशन दिएको पनि उल्लेख छ ।
यसैबीच , नेपाल चिकित्सक संघको आह्वानमा आज राजधानीलगायत मुलुकभरका अधिकांश अस्पतालहरुमा आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प रह्यो ।
अनशनरत डा. केसीका माग पुरा गरेर उहाको जीवन रक्षाको माग गर्दै संघले आकस्मिक बाहेकको सेवा बन्द गरेको हो । अस्पतालमा सेवा बन्द गरेर काठमाण्डौका चिकित्सकहरु माईतिघर मण्डलामा प्रदर्शन सहभागी भएका थिए ।
सरकारले अनसनमा बसेको २० दिनसम्म पनि डा. केसीका माग पूरा गर्न चासो नदिएको भन्दै नेपाल चिकित्सक संघ, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले संयुक्तरुपमा प्रर्दशन गरेका हुन् ।
माइतीघरमन्डलाबाट सुरु भएर्को याली नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीका माग पूरा गर्नुको साटो अपहरण शैलीमा डा. केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्नुले सरकार आतंककारी बनेको आरोप लगाउनु भएको छ ।
यता , सेवाग्राहीहरुले भने अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका थिए
बिहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका हुन् । बिरामी र बिरामी कुरुवाहरुले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
उता , केसीको अनशनलाई समर्थन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी अनशन बसेको स्थल जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाउनु भएको छ ।
आज संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उहाले ‘जुम्लामा भएको प्रहरी हस्तक्षेप निरंकुशतन्त्रको नांगो रुप भएको भन्दै टिप्पनी र्गुभएको छ ।
डा. केसीले उठाएका माग पूरा गर्न सरकारसँग आग्रह दोर्होयाउँदै सभापति देउवाले पेलेर जान खोजे कांग्रेस पनि अप्रिय बाटो रोज्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ ।
उता रुपन्देहीको भैरहवामा अनशनरत डा.केसीको समर्थनमा डा.गोविन्द केसी बचाऔं अभियान थालिएको छ ।