कर्मचारीको सरुवाबारे उर्जा मन्त्री पुनले दिए यस्ताे निर्देशन

कर्मचारीको सरुवाबारे उर्जा मन्त्री पुनले दिए यस्ताे निर्देशन

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, ३ साउन। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी तवरले कुनै पनि निकायका कर्मचारीको सरुवा नगर्न निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले सरुवामा मापदण्ड बनाएर लागू, गर्न, योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिन तथा सही व्यक्ति सही पदको नीति लागू गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री पुनले आज मन्त्रालय मातहतका सबै प्रमुख तथा पदाधिकारीलाई बोलाएर उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“मापदण्ड तयार भएपछि पूर्वअनुमानयोग्य हुन्छ । वस्तुपरक आधार पनि बन्छन् । कर्मचारीले पनि समान अवसर पाउने वातावरण निर्माण हुन्छ ।” उहाँभले भन्नुभयो ।

मन्त्री पुनले भनसुनका आधारमा काम गर्नेभन्दा पनि प्रणालीले काम गर्ने खालको वातावरण बनाउन तथा अनुचित लाभ र दबाब दिने काम जो कोहीले गरे पनि आफूलाई जानकारी गराउन र त्यस्तो कार्य गर्नेलाई कान्ूनअनुसार कारबाही गर्न निर्देशन दिनुभएको छ ।

मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि थप उत्प्रेरित गर्ने र सबै कर्मचारीको क्षमताको वृद्धि विकासमा समेत सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ