इन्फ्रास्ट्रक्चर बैंकमा कर्मचारी नियुक्तिको प्रक्रिया शुरु, सीईओका लागि भारतीयसहित नेपाली बैंकरकाे दौडधुपः को बन्ला सीईओ !

इन्फ्रास्ट्रक्चर बैंकमा कर्मचारी नियुक्तिको प्रक्रिया शुरु, सीईओका लागि भारतीयसहित नेपाली बैंकरकाे दौडधुपः को बन्ला सीईओ !

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

३ साउन, काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक २० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको तयारी तीव्र बनाएको छ ।

बैंक सञ्चालक समितिले बैक सञ्चालनका लागि आवश्यक पर्ने पूँजी, कर्मचारी नियुक्ति तथा भौतिक पूर्वाधारको तयारी तिब्र बनाएकाे हाे । नेपाल सरकारको १० प्रतिशत लगानीमा बन्ने उक्त बैंकले जेठ पहिलो साता नेपाल राष्ट्र बैंकबाट सञ्चालनका लागि सैद्धान्तिक सहमति पाइसकेको छ ।

बैंकमा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निजी क्षेत्र तथा सर्वसाधारणको समेत बैंकमा लगानी रहनेछ ।

याे बैंकले पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्नेछ । भने विभिन्न कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालनका लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्नेछ ।

बैंक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा पूँजी जम्मा भइसकेपछि सञ्चालन अनुमति पत्र (अन्तिम स्वीकृति) प्रदान गरिने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

बैंक सञ्चालनका लागि आन्तरिक गृहकार्य तीव्ररुपमा भइरहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले जानकारी दिनुभयाे । इजर्मिङ नेपाल बैंकको लगार्नीकता कम्पनी रहेको छ ।

बैंकले कर्मचारी नियुक्तिकाे प्रक्रिया पनि अगाडि बढाएकाे छ । त्यसका लागि बुधबारमात्रै विभिन्न तहका कर्मचारीहरु नियुक्तिकाे विज्ञापन गरेको थियाे । बैंकले प्रमुख कर्मचारी अर्थात प्रमुख कार्यकारी अधिकृतको खोजी भने करिब ३ महिना अघिदेखि नै गरिरहेको स्राेत बताउछ ।

यसअघि नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक एवं इमर्जिङ नेपालका सीईओ आत्रेय उक्त बैंककाे सीईओ हुने चर्चा चलेपनि कानूनी बाध्यताका त्याे असम्भव भएकाे छ ।  राष्ट्र बैंकबाट अवकाश भएको ३ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा बस्न नपाउने राष्ट्र बैंक ऐनमा व्यवस्था छ । सोही व्यवस्थाका कारण बैंकले अर्को सीईओ खोजिरहेको छ ।

बैंकको सीईओका लागि नविल बैंकका पूर्व सीईओ सशीन जोशी, लगानी बोर्डका पूर्वसीईओ राधेश पन्तसहित तीन जना विदेशी नागरिकर आधा दर्जन बढी बैंकरहरुले आकांक्षी देखिएको बैंक स्रोतले बताएकाे छ ।भारतीय बैंकरलाई नियुक्ति गर्ने विषयमा प्रारम्भिक छलफल भएको पनि बताइन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ