वाणिज्य बैंकका ६ वटा शाखा कार्यालय सञ्चालनमा

वाणिज्य बैंकका ६ वटा शाखा कार्यालय सञ्चालनमा

  • आइतवार, असार ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

३१ असार,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।

यस्तै, मनाङ जिल्लाको नेस्याङ गाउँपालिका-४, हुम्दे, रौतहटको मौलापुर नगरपालिका-५ मौलापुर, रौतहटकै इशनाथ गाउँपालिका-२, औरेया र मोरङ जिल्लाको कटहरी गाउँपालिका-३ कटहरीमा शाखा खोलेको बैंकले जनाएको छ ।

उक्त नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या २०१ पुगेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको छ ।

बैंकले हाल ७३ जिल्लामा २ सय एक वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ