काठमाडौं–वीरगञ्ज रेल निर्माणको एमओयू कहाँ पुग्यो ?

काठमाडौं–वीरगञ्ज रेल निर्माणको एमओयू कहाँ पुग्यो ?

  • शुक्रबार, असार २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, असार २९ ।

काठमाडौ वीरगञ्ज रेल मार्ग निर्माणका लागी भारतीय पक्षसंग समझदारी पत्र (एमओयू ) गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको रेल बिभागले जनाएको छ । बिभागले सो परियोजनाको डिपिआर र रेखाङकन यसै वर्ष भित्र सक्ने दाबी पनि गरेको छ ।

त्यसका लागि आबश्यक सबै प्रक्रिया टुंगिएको रेल विभागका सुचना अधिकारी तथा सिनियर डिभिजनल ईन्जिनियर प्रकाशभक्त उपाध्ययले जानकारी दिनुभयो ।

१ सय २० देखी १ सय ३० किलोमिटरको हाराहारीमा रहने सो मार्ग निर्माणका लागि दुई देशका बिज्ञहरुले बिभिन्न चरणमा अध्ययन तथा रेखाङकनको काम पनि सुरु गरेका छन् ।

एमओयूका लागि वन तथा वाताबरण, उद्योग तथा वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयबाट प्रतिक्रिया प्राप्त भईसकेको सुचना अधिकारी उपाध्ययले जानकारी दिनुभयो । अब मन्त्रीपरिषदको स्विकृती लिएर बाँकि प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

रेलमार्ग बिस्तारका लागी भारतीय पक्षले वीरगञ्ज सुख्खा बन्दरगाहामा ८ सय मिटरको मार्ग समेत बनाईसकेको छ ।

प्रधानमन्त्रीस्तरमा दुई देशीय भ्रमणका क्रममा भएको सहमती अनुसार दुबै पक्षले परियोजनालाई तीब्र गतिमा अघि बढाउने तयारी गरेका छन् । त्यसका लागी भारतीय पक्षले पनि केहिदिन भित्रै कार्यालय स्थापना गर्ने उपाध्ययले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ