एनएमबी बैंकको एफपीओमा सर्वसाधारणले आज, भोलिदेखि संस्थापक र संचालकले पनि आवेदन दिन पाउने

एनएमबी बैंकको एफपीओमा सर्वसाधारणले आज, भोलिदेखि संस्थापक र संचालकले पनि आवेदन दिन पाउने

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले जेठ ३० गतेदेखि निश्कासन गरेको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन बिहिवार (आज) सकिँदैछ ।
आज कार्यालय समयभित्रसम्म पनि एफपीओ सबै बिक्री नभए भोलि असार २९ देखि बैंकका संस्थापक, संचालक तथा तिनका परिवारका सदस्यका लागि निश्कासन खुल्ला गरिनेछ । पहिलो चार दिन सर्वसाधारणका लागि मात्र बिक्री खुलाइएकोमा सबैका लागि आवेदन नपरेपछि संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको थियो ।

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै असार २९ देखि ३२ गतेसम्म बैंकका संस्थापक, संचालक तथा तिनका परिवारले एफपीओ खरीदका लागि आवेदन दिन पाइने प्रष्ट्याएको हो ।

एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड मूल्यको एफपीओमा बुधबारसम्म २ अर्ब ७६ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको छ । देशभरबाट ६६ हजार ३ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन भएको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्तामाध्ये ८८ लाख ८८ हजार कित्ता खरीदका लागि आवेदन परिसकेको छ ।

एनएमबी बैंकको संचालक समितिले असार २६ गते मात्रै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर एफपीओ भर्नेले समेत पाउने भएकोले पनि अन्तिम अवस्थामा बैंकको एफपीओमा ह्वात्तै आकर्षण बढेको छ । प्रतिकित्ता ३३३ रुपैयाँको एफपीओमा लगानी गर्न चाहनेलाई तत्काल कुनै घाटा देखिन्न । मौद्रिक नीति पनि बजारमैत्री नै आएकोले दोश्रो बजारमा भोलिका दिनमा वाणिज्य बैंकहरुको मूल्य बढ्ने भएकोले एनएमबी बैंकको एफपीओ खरीद गर्नुमै लगानीकर्ताको हित देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ