काठमाडौं, असार २७ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं वजेटका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद्का सदस्यसँग छलफल गर्ने तयारी गर्नु भएको छ ।
छलफल सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
सल्लाहकार अर्यालका अनुसार सरकारले ल्याएको नीति तथा कार्यक्रम र वजेट आगामी साउन १ गतेदेखि पूर्ण रुपमा लागु हुने र त्यसका लागि मन्त्रालयको तयारी बारे छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले गत जेठ २५ गते मन्त्री तथा सचिवसँग छलफल गरि नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको योजना पेस गर्न निर्देशन दिनुभएको थियो । उहाँले असार १५ गते भित्र ठोस योजना लिएर आउन पनि निर्देशन दिनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline