२६ असार, काठमाडौं । माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ ।
चिनियाँ लगानीमा ‘पिकिङ रन अफ दि रिभर’ प्रणलीमा बन्न लागेको परियोजनाबारे दुई चिनियाँ लगानीका आयोजना बीच नै विवाद भएको हो ।
माथिल्लो मर्स्याङ्दी २ आयोजनाले असर पर्ने भन्दै माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेर कम्पनीले नयाँ बन्न लागेको आयोजनाले आफूलाई असर नगर्ने ग्यारेन्टी मागेको छ ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको आयोजनालाई ‘पिकिङ रन अफ रिभर’ (पीआरओआर) प्रणालीमा बनाउँदा आफ्नो आयोजना सञ्चालनका लागि पानी नपुग्ने भन्दै पत्र लेखेको हो ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना ५० मेगावाट आयोजना सन् २०१७को जनवरीबाट सञ्चालनमा आएको हो । कम्पनीले अहिले माथिल्लो मस्र्याङ्दी २ कै प्रस्तावित क्षमता र मोडलमा निर्माण भए आफ्नो आयोजना प्रभावित हुनुको साथै आफ्नो आम्दानी घटेर लगानी खेर जाने अवस्था आउने बताएको छ ।

माथि नदीलाई थुन्दै छोड्दै गर्दा बनिसकेको आयोजना प्रभावित हुने अवस्था रहेको दावी सिनोहाइड्रो(सगरमाथा पावरको छ । हिमताल हाइड्रोपावरबाट प्रवर्द्िधत माथिल्लो मर्स्याङ्दी(२ आयोजनालाई हाल लगानी बोर्डले सहजीकरण गरिरहेको छ । आयोजनालाई सरकारले अहिले उत्पादनको प्रमाणपत्र (जेनेरसन लाइसेन्स) दिन लागेको छ । यो लाइसेन्स जारी भएलगत्तै आयोजना निर्माणको काम सुरु हुनेछ ।
